काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा प्रश्न उठाएका छन्।
शुक्रबार अनेरास्वयुको केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले देउवाको भारत भ्रमणमा प्रश्न उठाएका हुन्। उनले चुनावको मुखमै प्रधानमन्त्री भारत भ्रमणमा किन जानुभयो? भनेर प्रश्न गरेका छन्। ‘प्रधानमन्त्रीजी विदेश जानुभएको छ। ठ्याक्कै चुनाव अगाडि किन जानुभयो कुन्नि ? आएपछि सोधौँला।’
उनले वर्तमान सत्ता गठबन्धन एमालेले चाहेका दिनसम्म मात्रै भएको टिप्प्णी समेत गरे। उनले एमालेले चाहेमा गठबन्धन सहजै तोडिन सक्ने दाबी समेत गरे।
‘गठबन्धन तबसम्म रहन्छ। जबसम्म हामी यसलाई रहन दिन्छौँ। हामीले धेरै केही गर्नुपर्दैन। यो गठबन्धन चल्न नदिन चारवटा चक्का फुकाल्नुपर्छ र ? इन्जिन बन्द गर्नुपर्छ र? केही गर्नुपर्दैन। छ्यास्स हावा खोलिदिए पछि सिद्धियो,’ उनले भने।