आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • स्थानीय तहमा 'विशिष्ट परिस्थिति'बाहेक उम्मेदवार नदोहोर्‍याउने माओवादीको निर्णय

स्थानीय तहमा 'विशिष्ट परिस्थिति'बाहेक उम्मेदवार नदोहोर्‍याउने माओवादीको निर्णय

विशिष्ट परिस्थितीमा बाहेक सामान्यतयः विगतका प्रतिनिधिलाई नदोहोर्‍याउने गरी उम्मेदवार छनोट र सिफारिस गर्न माओवादीले मातहात पार्टी कमिटीलाई विशेष परिपत्र जारी गरेको छ।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

काठमाडौं- माओवादी केन्द्रले आगामी स्थानीय तह निर्वाचनमा 'सकभर' विगतका जनप्रतिनिधिलाई नदोहोर्‍याउने भएको छ। विशिष्ट परिस्थितीमा बाहेक सामान्यतयः विगतका प्रतिनिधिलाई नदोहोर्‍याउने गरी उम्मेदवार छनोट र सिफारिस गर्न माओवादीले मातहात पार्टी कमिटीलाई विशेष परिपत्र जारी गरेको छ।

अध्यक्ष प्रचण्डले शुक्रबार पार्टी पंक्तिलाई परिपत्रमार्फत त्यस्तो निर्देशन गरेका हुन्। उनले उम्मेदवार छनौटको ६ बुँदे मापदण्ड बनाउन पनि पार्टीमा निर्देशन गरेका छन्।

प्रचण्डले जारी गरेको सर्कुलरमा देश, जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान भएका स्वच्छ छवि भएका तथा लोकप्रिय रहेकालाई उम्मेदवार छनौट र सिफारिस गर्न निर्देशन गरेका छन्।

यस्ता छन् उम्मेदवार छनौट र सिफारिस गर्दा बनाइएका मापदण्ड

क) विशेष परिस्थितिमा बाहेक सामान्यतया विगतका प्रतिनिधिलाई नदोहोर्‍याउने।

ख) देश जनता पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको हुनुपर्ने।

ग) स्वच्छ छवि भएको हुनुपर्ने।

घ) विजयको सम्भावना भएको लोाकप्रिय व्यक्ति छनौटमा ध्यान दिने।

ङ) पार्टी अनुशसानप्रति निष्ठावान हुनुपर्ने।

च) समानुपातिक समावेशी प्रतिनिधित्वका आधारलाई विशेष ध्यान दिनुपर्ने।


प्रकाशित: Apr 01, 2022| 18:01 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...