आइतबार, साउन ३१, २०८३

ओलीको प्रश्न- चुनावका मुखमा प्रधानमन्त्री किन भारत जानुभयो?

‘गठबन्धन तबसम्म रहन्छ। जबसम्म हामी यसलाई रहन दिन्छौँ। हामीले धेरै केही गर्नुपर्दैन। यो गठबन्धन चल्न नदिन चारवटा चक्का फुकाल्नुपर्छ र? इन्जिन बन्द गर्नुपर्छ र? केही गर्नुपर्दैन। छ्यास्स हावा खोलिदिए पछि सिद्धियो,’ उनले भने।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा प्रश्न उठाएका छन्। शुक्रबार अनेरास्ववियुको केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले देउवाको भारत भ्रमणमा प्रश्न उठाएका हुन्।

‘प्रधानमन्त्रीजी विदेश जानुभएको छ। ठ्याक्कै चुनाव अगाडि  किन जानुभयो कुन्नि? आएपछि सोधौँला,’ उनले भने। 

उनले वर्तमान सत्ता गठबन्धन एमालेले चाहेका दिनसम्म मात्रै भएको टिप्प्णी समेत गरे। उनले एमालेले चाहेमा गठबन्धन सहजै तोडिन सक्ने दाबीसमेत गरे।

‘गठबन्धन तबसम्म रहन्छ। जबसम्म हामी यसलाई रहन दिन्छौँ। हामीले धेरै केही गर्नुपर्दैन। यो गठबन्धन चल्न नदिन चारवटा चक्का फुकाल्नुपर्छ र? इन्जिन बन्द गर्नुपर्छ र? केही गर्नुपर्दैन। छ्यास्स हावा खोलिदिए पछि सिद्धियो,’ उनले भने।

प्रकाशित: Apr 01, 2022| 17:51 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...