आइतबार, साउन ३१, २०८३

नयाँदिल्ली विमानस्थलमा देउवाका ४ तस्बिर

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली पुगेका छन्।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा राज्यमन्त्री अजय भट, भारतका लागि नेपालका राजदूत  शङ्करप्रसाद शर्मा, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा, भारतको बाह्यमामिला मन्त्रालय र भारतस्थित नेपाली दूतावासका उच्च अधिकृतहरूले स्वागत गरेका थिए। 

प्रधानमन्त्री देउवासँग भारतका बाह्य मामिलामन्त्री सुब्रमण्यम् जयशङ्करले शिष्टाचार भेट गर्ने कार्यक्रम छ। उनले भारतीय जनता पार्टी (भाजपा)को प्रधान कार्यालय पुगेर भाजपा नेताहरूसँग समसामयिक विषयमा विचारविमर्श गर्नुहुनेछ। भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्माले साँझ यहाँस्थित नेपाली दूतावासमा आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुनेछन्।

भोलि चैत १९ गते भारतका प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् भने प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन्।

वार्तापछि ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन १३२ वटा स्वस्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्यदृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम छ।

प्रकाशित: Apr 01, 2022| 17:43 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...