आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री देउवालाई विमानस्थलमा भारतीय रक्षा राज्यमन्त्रीको स्वागत

प्रधानमन्त्री देउवालाई विमानस्थलमा भारतीय रक्षा राज्यमन्त्रीको स्वागत

प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका छन्।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका छन्। 

भारतको तीन दिने भ्रमणका लागि शुक्रबार दिउँसो प्रधानमन्त्री देउवा त्यसतर्फ प्रस्थान गरेका हुन्। पत्‍नी आरजु देउवा, चार मन्त्रीसहित ५० जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा भारत पुगेका हुन्।

देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा छन्। 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सहभागी छन्।  प्रधानमन्त्री शेरबहादुर देउवासँगै भारत भ्रमणमा एक दर्जन उद्योगी तथा व्यापारी गएका छन्। नेपाल उद्योग वाणिज्य महाससंघका अध्यक्ष शेखर गोल्छासहित १३ जना उद्योगी/व्यवसायी भारत पुगेका छन्। भ्रमण दलमा महासंघकी पूर्वध्यक्ष भवानी राणा, विशिष्ट सदस्य एवम् पूर्वध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षद्वय अञ्जन श्रेष्ठ र रामचन्द्र सांघाई पनि सहभागी छन्

त्यसैगरी भरत आचार्य, अम्बिकाप्रसाद पौडेल, हेमराज ढकाल, प्रकाशसिंह कार्की, र विजयसिंह वैद्यलगायत पनि प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी छन्। नेपाल र भारतबीचको व्यावसायिक सम्बन्धलाई थप सुदृढीकरण गर्नका लागि उद्योगीको उत्सासहजनक सहभागिता रहेको महासंघले जनाएको छ। भ्रमणमा गएका व्यावसायीहरुले भारतीय उद्योग परिसंघसँग छलफल तथा समन्वय गर्ने बताइएको छ। 


प्रकाशित: Apr 01, 2022| 17:05 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...