बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्मलाको शव अस्पतालमै, सिआईबीको टोली कञ्चनपुर पुग्यो

निर्मलाको शव अस्पतालमै, सिआईबीको टोली कञ्चनपुर पुग्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ की १३ वर्षीया निर्मला पन्तको शव अस्पतालबाट अझैँ उठ्न सकेको छैन । 

मृतकका परिवार शव बुझेर दाहासस्कार गर्ने तयारीमा जुटे पनि आन्दोलनरत पक्षको अवरोधका कारण आइतबार पनि दाहासस्कार हुन सकेन । दाहासस्कारका लागि परिवार अञ्चल अस्पताल पुगे पनि आन्दोलनकर्मीको अवरोधले खाली फर्किएका हुन् । 

आन्दोलनकर्मीले घट्नास्थल टोलमा प्रहरी बिट स्थापना नगर्दा सम्म र दोषि पत्ता नलगाउदा सम्म अस्पतालबाट शव उठाउन नदिने अडान राखे पछि शव उठ्न नसकेको हो । 

कञ्चनपुर कांग्रेस, नेकपा र राजपा तीन दलले अपिलसहितको संयुक्त विज्ञप्ति प्रकाशित गर्दै बालिकाको दाहासस्कारमा सहयोग गर्ने, दोषिको खोजी तथा कारवाहि र राहत तथा क्षतिपुर्तिका लागि सम्बन्धित निकायमा पहल गर्ने जनाए ।

 तर तीन दलको उक्त अपिलको आन्दोलनरत पक्षले वास्ता गरेन । बालिकाको शव भेलिएलगत्तै आन्दोलनमा उत्रेका स्थानीयले प्रहरीले घट्नाबारे खासै चाँसो नदेखाएको आरोप लगाएका छन् । 

बालिकाको हत्यामा संलग्नको पत्तालगाउन माग गर्दै थालिएको आन्दोलनमा प्रहरीको हस्तक्षप भएपछि आन्दोलन झन चर्किएको हो । बालिका हराएलगत्तै प्रहरीलाई खबर गरे पनि भोली खोजौला भन्ने जवाफ आएको भनेपछि आफन्त प्रहरीप्रति बढि आर्कोषित बनेका हुन् ।

सिआईवीको टोलीले अनुसन्धान थाल्यो

निर्मला हत्याको घट्ना बारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यलयबाट सिआईवीको टोली आइतबार कञ्चनपुर पुगेको छ । टोलीले आइतबार बेलुकीबाट नै घट्नाको अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठीले जानकारी दिए । कञ्चनपुर प्रहरी भने तीन दिनदेखि आन्दोलनको पछि छ । 

गम्भिर भएर छानविन गर्न प्रदेश सांसदको माग

आइतबार बसेको प्रदेश ७ को प्रदेश सभा बैठकमा सांसदहरुले निर्मलाको घट्नामा गम्भिर भएर छानविन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।  बैठकको सुरुमै विशेष समय लिएर बोल्दै संसादहरु डाक्टर रणबहादुर रावल, देवकी मल्ल, प्रकाश रावल र तारा लामा तामाङले निर्मलाको घट्ना प्रदेशकै शान्ति सुरक्षामा चुनौती थपेको बताए । 

डाक्टर रावलले दिनहुँजसो हत्या बलात्कारका घट्ना बढ्नुले प्रदेश सरकारको सुरक्षाको अवस्था शुन्य जस्तै देखिएको बताए । सांसदहरुले उठाएका बिषय माथि प्रकाश पार्दै आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले निर्मला पन्तको घटनाबारे गम्भिर छानविन भइरहेको बताए । 

मन्त्री शाहले प्रहरीले अनुसन्धान तिब्र पारेको र दोषिलाई कानूनी दायरामा ल्याएरै छोड्ने प्रतिबद्धता जनाए ।

कैलालीमा पनि आन्दोलन

कञ्चनपुरमा भएको बलात्कार पछि हत्याको बिरोधमा कैलालीमा पनि आन्दोलन सुरु भएको छ । निर्मला हत्या काण्डका अपराधीलाई कारवाहिको माग गर्दै विद्यार्थी र स्वयम्सेवक युवा समुह धनगढीले आइतबार धनगढीमा दबाबमुलक र्‍याली निकालेका छन् ।
 
कैलाली बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन र सामाजिक कार्य विद्यार्थी समुहले संयुक्त रुपमा बिहान दबाबमुलक र्‍याली निकाले । र्‍यालिमा बहुमुखी क्याम्पसका सम्पुर्ण विद्यार्थीले दोषिलाई कारवाहि गर, पीडितलाई न्याय देउ, बालिका हत्यार लाई फाँसी देउ जस्ता नारा लगाए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।