काठमाडौं– कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी बालकृष्ण खाणले पाएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिनका लागि भारत प्रस्थान गरेकाले राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री खाणलाई दैनिक प्रशासनिक कार्यका लागि कार्यवाहक तोकेकी हुन्।
‘प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गते शुक्रबार मित्रराष्ट्र भारततर्फ प्रस्थान गर्नुहुने भएकोले उहाँको अनपस्थितिमा प्रधानमन्त्रीले गर्नुहुने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजनिम सम्मानीय प्रधानमन्त्रीको सिफारिसमा माननीय गृहमन्त्री बालकृष्ण खाँणज्युले सम्हाल्ने गरी तोक्नु भएको छ,’ राष्ट्रपति कार्यलयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।