बिहीबार, साउन २८, २०८३

सिरहा गोलबजार ११ का वडा अध्यक्षको मृत्यु

सिरहाको गोलबजार नगरपालिका-११ बलकावाका वडा अध्यक्ष रामदेव यादवको निधन भएको छ। मुटुरोगबाट पीडित यादवको शुक्रबार बिहान निधन भएको हो।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

सिराहा- सिरहाको गोलबजार नगरपालिका-११ बलकावाका वडा अध्यक्ष रामदेव यादवको निधन भएको छ। मुटुरोगबाट पीडित यादवको शुक्रबार बिहान निधन भएको हो।

उनको विराटनगरस्थित नोवेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। 

गत माघमा काठमाडौंबाट उपचार गरेर आएका वडा अध्यक्ष यादव दुई दिनअघि गाउँकै बजारमा बेहोस भएका थिए। उनलाई थप उपचारको लागि धरान पुर्‍याइएको थियो।

उनको तीन छोरी र श्रीमती छन्। उनी नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी भएका थिए।

प्रकाशित: Apr 01, 2022| 12:54 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।