आइतबार, असार ७, २०८३

इजाजत प्राप्त हतियार बुझाउन चितवन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय चितवनले इजाजत प्राप्त हतियार स्थानीय प्रशासनलाई बुझाउन आग्रह गरेको छ।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

चितवन- जिल्ला प्रशासन कार्यालय चितवनले इजाजत प्राप्त हतियार स्थानीय प्रशासनलाई बुझाउन आग्रह गरेको छ। 

National life

प्रमुख जिल्ला अधिकारी आसमान तामाङले एक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवं विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेका छन्।  

यही चैत मसान्तसम्म नजिकको प्रहरी इकाइमा हातहतियार बुझाउन अनुरोध गरिएको छ। चैत १५ गते बसेको जिल्ला सुरक्षा समतिको बैठकको निर्णय अनुसार स्थानीय तहको निर्वाचनपछि फिर्ता हुने गरी हतियार बुझाउन अनुरोध गरेको उनले जानकारी दिए।  

अनुमति प्राप्त गरी राखिएका हतियारबाट निर्वाचनको समयमा शान्ति सुरक्षामा खलल पुग्न सक्ने भन्दै प्रशासनले हतियार बुझाउन आग्रह गरेको हो।

प्रकाशित: Apr 01, 2022| 12:35 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।