आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • देउवा भारत जानुभन्दा एक दिनअघि बेलायत र रुसका विदेशमन्त्री दिल्लीमा

देउवा भारत जानुभन्दा एक दिनअघि बेलायत र रुसका विदेशमन्त्री दिल्लीमा

प्रधानमन्त्री शेरबहादुर देउवा भारत जानुभन्दा अघिल्लो दिन बेलायत र रुसका विदेशमन्त्री पनि भारत पुगेका छन्।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

काठमाडौं-  प्रधानमन्त्री शेरबहादुर देउवा भारत जानुभन्दा अघिल्लो दिन बेलायत र रुसका विदेशमन्त्री पनि भारत पुगेका छन्।

बेलायती विदेशमन्त्री लिजा ट्रस भारत-बेलायत स्ट्राटजिक फ्युचर फोरममा सहभागी हुन नयाँ दिल्ली आइपुगेकी हुन्। विदेशमन्त्री लिजाले भारतीय समकक्षी एस जयशंकरसँग द्विपक्षीय वार्ता गरेकी छन्। 

त्यसैगरी रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ पनि बिहीबार नै नयाँ दिल्ली अवतरण गरेका छन्। दुई दिने भ्रमणका लागि भारत ओर्लिएका रुसी विदेशमन्त्रीले भारतीय समकोक्ष जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ। 

युक्रेनसँग युद्ध चलिरहेको समयमा भएको रुसी विदेशमन्त्तीको भारत भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ। उनको भ्रमणको एजेण्डा भने नखुलाइएको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवा पनि शुक्रबार दिउँसो तीन दिने भारत भ्रमणका लागि प्रस्थान गर्दैछन्। प्रधानमन्त्री देउवाले समकक्षी नरेन्द्र मोदी र उपराष्ट्रपति वैंकया नायडुसँग भेटवार्ता गर्ने कार्यक्रम छ। 

प्रधानमन्त्री देउवालाई भारतीय विदेशमन्त्री जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले भेट गर्ने कार्यक्रम छ। 

प्रधानमन्त्री देउवा र रुस-बेलायतका विदेशमन्त्रीले भेट्ने कुनै कार्यक्रम भने तय गरिएको छैन। 

यसअघि रुसले युक्रेनमा आक्रमण गरेपछि नेपालले त्यसको विरोध गर्दै समस्याको कूटनीतिक समाधान खोज्‍न आग्रह गरेको थियो।

प्रकाशित: Apr 01, 2022| 12:11 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...