मंगलबार, कात्तिक १०, २०८३

'नेपाल्स सिंगिङ सुपरस्टार'को अडिसन खुल्ला

इमेज एच डी टेलिभिजनबाट प्रसारणमा आउने उक्त रियालिटी शो बिहिबारबाट खुल्ला अडिशन आह्वान गरिएको कार्यक्रमका निर्माता सुरज लाल जोशीले बताए।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

काठमाडौं- भ्वाइस स्टार नेपाल प्रा. लि. ले निर्माण गर्न लागेको गायन रियालिटी शो ‘नेपाल्स सिंगिङ सुपरस्टार’ को अडिशन खुल्ला भएको छ। इमेज एच डी टेलिभिजनबाट प्रसारणमा आउने उक्त रियालिटी शो बिहिबारबाट खुल्ला अडिशन आह्वान गरिएको कार्यक्रमका निर्माता सुरज लाल जोशीले बताए।

अन्य रियालिटी शो मा भाग लिइसकेका वा पाँच वर्ष भन्दा बढी अवधि देखि सांगितिक क्षेत्रमा सक्रिय गायक गायिकालाई प्रतिस्पर्धीको रुपमा समावेश गरि निर्माण गर्न लागिएको नेपाल्स सिंगिङ सुपर स्टारको डिजिटल अडिशनमा समावेश हुनको लागि नेपाल्स सिंगिङ सुपरस्टारको आधिकारिक फेसबुक पेजमा गएर सो पेजको म्यासेज बक्समा वा नेपाल्स सिंगिङ सुपरस्टारको इमेलमा आफूले गाएको बढीमा दुई मिनेट लामो भिडियो पठाउनु पर्ने आयोजकले बताएको छ।

अडिशनमा छानिएका प्रतिस्पर्धीलाई भ्वाइस स्टार नेपाल प्रा. लि. बाट सम्पर्क गरिने जानकारी निर्माता जोशीले दिएका छन्। जोशीले दिएको जानकारी अनुसार यो कार्यक्रम आउँदो २०७९ बैशाख १८ गते देखि हप्ताको दुई दिन आइतबार र सोमबार बेलुका ८ बजे देखि ९ बजेसम्म नियमित रुपमा प्रसारण हुनेछ। प्रसारण पहिले डिजिटल अडिशनबाट प्रतिस्पर्धीहरु छनोट हुनेछन्।

यस शोमा प्रस्तोताको रुपमा चर्चित टेलिभिजन प्रस्तोता विवेक सिंह ठकुरी र ख्याति प्राप्त गायिका केन्जल मेहर श्रेष्ठ रहनेछन्। यसैबीच आयोजक संस्था भ्वाइस स्टार नेपालले अडिशन आह्वानसँगै ‘रियालिटी शो’को निर्णायक टिम पनि सार्वजनिक गरेको छ। यो कार्यक्रममा निर्णायकको भुमिकामा ख्याति प्राप्त गायकहरु सञ्जय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र गायिका मिलन नेवार अनुबन्ध भएका छन्।

‘नेपाल्स सिंगिङ सुपरस्टार’ को निर्देशन लामो समय देखि संचार क्षेत्रमा कार्य गरेर विज्ञापन लगायत विभिन्न रियालिटी शो सफलताका साथ निर्देशन गरिसकेका रवि श्रेष्ठले गर्नेछन्। यो रियालिटी सो को विजेताले २५ लाख पुरस्कार पाउने यसहघि नै आयोजकले घोषणा गरिसकेको छ।

प्रकाशित: Apr 01, 2022| 11:53 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।