काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले नुवाकोटका भरतप्रसाद पाठकलाई पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्य-सचिवमा मनोनयन गरेको छ।
पार्टीको विधानअनुसार अन्तर्राष्ट्रिय विभागका प्रमुख जयन्त चन्दको सिफारिसमा पार्टी अध्यक्ष कमल थापाले पाठकलाई सदस्य-सचिवमा मनोनयन गरेका हुन्।
विभागका सदस्यहरूमा धादिङका विशेश्वर शर्मा सुवेदी, धनुषाका प्रेक्षा मल्ल, काठमाडौंका सिर्जना रानी बर्मा, डडेल्धुराका टेकराज पनेरू र विनोद लामालाई मनोनयन गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४