आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढ्ने, ढुवानीतर्फ १५ प्रतिशत बढाउने निर्णय

सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढ्ने, ढुवानीतर्फ १५ प्रतिशत बढाउने निर्णय

आइतबारदेखि सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढ्ने भएको छ। इन्धनको मूल्य निरन्तर उकोलो लागे पनि सार्वजनिक यातायातको भाडा पुनः समायोजन गरिएको हो।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

काठमाडौं- आइतबारदेखि सार्वजनीक यातायातको भाडा १० प्रतिशतले बढ्ने भएको छ। इन्धनको मूल्य निरन्तर उकोलो लागे पनि सार्वजनिक यातायातको भाडा पुनः समायोजन गरिएको हो। 

National life

बिहीबार बसेको मन्त्रीस्तरीय बैठकले चैत २० गतेदेखि लागू हुनेगरी अन्तरप्रदेशीय सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो। 

सरकारले भाडा नबढाए आफूखुसी भाडा बढाउने यातायात व्यवसायीको चेतावनीपछि सरकारले १५ प्रतिशतसम्म भाडा बढाउने भएको छ। २० गतेदेखि लागू हुने गरी नयाँ भाडा अनुसार सार्वजनिक यातायाततर्फ १० प्रतिशत र ढुवानीतर्फ १५ प्रतिशत बढ्ने छ।

राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले भाडा बढाउने सहमति भइसकेको र बिहीबारको बसेको मन्त्रिपरिषद्को बैठकले बढाउने निर्णय गरिसकेको जानकारी दिए।

उनका अनुसार यातायात विभागमा यातायात व्यवसायीसहितको कमिटीले ११ प्रतिशत भाडा बढाउनुपर्ने भन्दै यातायात मन्त्रालयलाई सिफारिस गरेपनि १० प्रतिशत मात्रै बढेको छ।

Shivam cement

प्रकाशित: Apr 01, 2022| 11:28 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।