आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नागरिकता बनाउन किर्ते सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

नागरिकता बनाउन किर्ते सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

नागरिकता बनाउन किर्ते सिफारिस गरेको आरोपमा प्रहरीले आँधीखोला गाउँपालिका-३ का वडाध्यक्षलाई पक्राउ गरेको छ।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

स्याङ्जा- नागरिकता बनाउन किर्ते सिफारिस गरेको आरोपमा प्रहरीले आँधीखोला गाउँपालिका-३ का वडाध्यक्षलाई पक्राउ गरेको छ।

National life

नेपाली नागरिकताका लागि झुटा विवरण सिफारिस गरेको भन्दै स्थानीयले कारबाहीको माग गरेपछि वडाध्यक्ष विष्णुबहादुर खत्री पक्राउ परेका छन्। उनीसँगै अन्य चार जनालई पनि पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा सचिव बालकृष्ण शर्मा, सोही वडाका नवराज पौडेल, सीता पौडेल र कुश्माका सोनु पौडेल भन्ने सोनु अधिकारी रहेका छन्।

झुटो काममा संलग्न भएको भन्दै कारबाहीको माग गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जामा स्थानीयले उजुरी दिएका थिए। पर्वतको कुश्मा नगरपालिका-२ बस्ने कृष्ण अधिकारी र डोम अधिकारीका छोरी सोनु अधिकारीले स्याङ्जाको आँधिखोला गाउँपालिका-३ बस्ने कृष्णप्रसाद पौडेल र सीता पौडेलको छोरी बनेर वंशजको आधारमा नागरिकता लिएको नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। 

२० वर्षीया सोनुले यही चैत १ गते जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छन्। 

Shivam cement

प्रकाशित: Apr 01, 2022| 10:58 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।