आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गैँडाकोट नगरपालिकाद्वारा कृषक समूहलाई बाख्रा वितरण

गैँडाकोट नगरपालिकाद्वारा कृषक समूहलाई बाख्रा वितरण

नगरपालिकाले बाख्रापालनमा स्थानीयलाई आकर्षित गर्नका लागि उन्नत जातका बाख्रा वितरण गरेको हो।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले वडा नं ३ मा बाख्रा वितरण गरेको छ। नगरपालिकाले बाख्रापालनमा स्थानीयलाई आकर्षित गर्नका लागि उन्नत जातका बाख्रा वितरण गरेको हो। 

National life

नगरपालिकाले वडा नं ३ को ढोडेनीमा समूह गठन गरेपछि बिहीबार उन्नत जातका बाख्रा वितरण गरेको नगरपालिकाका पशु सेवा शाखा प्रमुख डा. प्रमोदकुमार पौडेलले बताए। पौडेलकाअनुसार चार कृषक समूहलाई बाख्रा वितरण गरिएको हो। सो समूहमा प्रतिसमूह एउटाका दरले चार समूहलाई चार बोयर (५० प्रतिशत) जातको बोका तथा समूहमा आबद्ध ४८ महिलालाई उन्नत जातका बाख्रा वितरण गरिएको पशु चिकित्सक पौडेलले बताए। 

बाख्रापालनमा स्थानीयलाई आकर्षित गर्नका लागि बाख्रा वितरण गरिएको नगरप्रमुख छत्रराज पौडेलले बताए। गैँडाकोटको वडा नं ३ र १८ मा बाख्रापालनको सम्भावना राम्रो भएको उल्लेख गर्दै नगरप्रमुख पौडेलले यी वडालाई बाख्राको पकेट क्षेत्रका रुपमा घोषणा गरिएको बताए। मासुको पकेट क्षेत्रका रुपमा विकास गर्दै स्थानीयको आयआर्जन वृद्धिका लागि नगरपालिकाले बाख्रा तथा बोका वितरण गरेको उनले बताए। 

नगरपालिकाले वडा नं ३ मा यसअघि नै कृषक समूह गठन गरेर समूहका सदस्यलाई माउ बाख्रा तथा समूहमा रहने गरी बोका वितरण गरेको हो। उन्नत जातका बाख्रा वितरणपछि गैँडाकोटको वडा नं ३ मा बाख्राको प्रवद्र्धन हुन्छ भन्ने नगरपालिकाको उद्देश्य रहेको नगरप्रमुख पौडेलले बताए। बाख्रा प्रवर्द्धन कार्यक्रमलाई आयआर्जनसँग जोडेर आगामी दिनमा यी बाख्राबाट धेरै उत्पादन गर्नेगरी अगाडि बढ्न नगरप्रमुख पौडेलले आग्रह गरे। 

प्रकाशित: Apr 01, 2022| 10:13 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।