आइतबार, असार ७, २०८३

घाइते भेटिएका पुरुषको मृत्यु

विराटनगर महानगरपालिका–१४ स्थित एमएम प्लाष्टिक उद्योगनजिक सडकमा घाइते अवस्थामा भेटिएका एक पुरुषको ज्यान गएको छ।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

विराटनगर- विराटनगर महानगरपालिका–१४ स्थित एमएम प्लाष्टिक उद्योगनजिक सडकमा घाइते अवस्थामा भेटिएका एक पुरुषको ज्यान गएको छ।

National life

विराटनगर–९ का ४२ वर्षीय पुष्पराज देउजा शुक्रबार बिहान ५ बजेतिर रानी–विराटनगर सडकखण्डमा गम्भीर घाइते अवस्थामा भेटिएका थिए। उनलाई उपचारका लागि कोसी अस्पताल पुर्‍याउन साथ चिकीत्सकले मृत घोषित गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए।

‘मर्निङ वाक’ गर्दा सवारीसाधनले देउजालाई ठक्कर दिएको हुनसक्ने प्रहरीले आशंका गरिएको छ। तर सवारीसाधनको पहिचान हुन नसकेकाले घटना यकिन गर्न नसकिएको प्रहरीले जनाएको छ। 

घटनास्थलमा भेटिएको सवारीसाधनको फुटेको शिशाका आधारमा  देउजालाई सफारीले ठक्कर दिएको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 01, 2022| 09:18 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।