बुधबार, असार ३१, २०८३

सत्तापक्षकै सांसदले गरे मुख्यमन्त्रीको आलोचना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम– राजधानी जनकपुरसहित प्रदेश २ मा आपराधिक घटना निरन्तर बढेर गएको छ । प्रहरीकै तथ्यांक हेर्दापनि राजधानी जनकपुर रहेको धनुषा जिल्लामा पछिल्लो वर्षको तुलनामा १३ प्रतिशतले आपराधिक घटना बढेको छ भने १९ जनाको हत्या भएको छ । शान्ति सुरक्षा तथा सुशासन  कायमगर्न असफल भएको भन्दै प्रदेशसभामा सत्ताररुढ तथा विपक्षी दलका सांसदहरुले सरकारको आलोचना गरेका छन् । 

सुशासन र शान्ति व्यवस्था सम्बन्धी प्रदेश सरकारको अभिव्यक्ति भाषण र नारामा मात्रै सिमित भएको भन्दै आइतबार बसेको प्रदेशसभा बैठकमा बाल्दै सांसदहरुले सरकारको आलोचना गरेका छन् ।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साहले मुख्यमन्त्री लालबाबु राउतले आफ्नै गृहजिल्ला पर्सामा समेत आपराधिक घटना नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना गरे । 

पर्साको बहुदरमाई नगरपालिका–२ का संजयकुमार साहका १३ वर्षीय छोरा सुजित साह र त्यही परिवारका शिवजी साहको ६ वर्षीय छोरा आयोग साहको अपहरण पश्चात हत्या गरिएको प्रसंग कोट्याउँदै सांसद साहले प्रदेश सरकार शान्ति व्यवस्था कायमगर्न असफल भएको बताए । सुजितको १३ मंसिर २०७४ र आयोगको ३१ असारमा शव बरामद भएको थियो ।

पहिलो घटनाको हत्यारालाई कारबाही भएको अवस्थामा साह परिवारले अर्को सन्तान गुमाउने अवस्था आउँदैन थियो होला उनको भनाइ थियो । सांसद साहले एकैदिन तीनजना बालिका बलात्कृत हुनु सरकारको सुशानको नारामाथि प्रश्न चिन्ह खडा गरेको बताए । ४ साउनमा पर्साको सुगौली गाउँपालिका, सखुवा पर्सौनी गाउँपालिका र गढी नगरपालिकामा एकैदिन तीनजना बालिका बलात्कृत भएकी थिइन् ।

सरकारको कामकारबाहीविरुद्ध प्रतिपक्ष मात्र नभएर सत्तापक्षका सांसद पनि असन्तुष्ट देखिएका छन् । सरकारको कामकारबाहीको विरोध गर्दै गठबन्धन दल राजपाका सांसद मनिष सुमनले कडा आलोचना गरे ।

प्रदेशसभा बैठकमा बोल्दै सांसद सुमनले प्रदेश र संघीय सरकारको कामकारबाहीबाट भ्रष्टाचारतर्फ उद्त रहेको आरोप लगाए । भ्रष्टाचार गर्न मधेशी जनताले संघर्ष नगरेको स्मरण गराउँदै सांसद सुमनले भ्रष्टाचारलाई उन्मुक्ति गराउन माग गरे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको क्रममा भएको खर्च प्रदेश सरकारले हालसम्म सार्वजनिक गर्न नसकेको भन्दै उनले संसदीय समिति बनाई छानबिन गर्न माग गरेका छन् । यसविषयमा प्रदेशको विपक्षी दलहरु पनि चुप लागेर बस्नु आश्चर्यजनक रहेको उनले बताए ।

नेकपका सांसद सुन्दरबहादुर विश्वकर्माले बितेको आर्थिक वर्षमा कुन योजनामा कति खर्च भयो भन्दै संसदलाई जानकारी गराउन सरकारसँग माग गरे ।
यसैबीच विपद व्यवस्थापन र आक्समिक कोष सञ्चालन सम्बन्धी विधेयक छलफलको लागि प्रदेशसभामा टेबल भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।