आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जिल्ला निर्वाचन कार्यालय बाँकेले मृतक मतदाताको नाम हटायो

जिल्ला निर्वाचन कार्यालय बाँकेले मृतक मतदाताको नाम हटायो

एक हजार १२६ जनाको अझै पनि मतदाता नामावलीमा नाम रहेको बताइएको छ।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

बाँके- जिल्ला निर्वाचन कार्यालय बाँकेले स्थानीय तहबाट प्राप्त भएका मृतक मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ। यहाँका छ स्थानीय तहमध्ये कोहलपुर नगरपालिकाबाट ५९८, राप्ती सोनारी गाउँपालिकाबाट ७०४ र नेपालगञ्ज उपमहानगरपालिकाबाट १७१ सहित कूल एक हजार ४७३ मृतक मतदाताको नाम मतदाता नामावलीमा थियो। एक हजार १२६ जनाको अझै पनि मतदाता नामावलीमा नाम रहेको बताइएको छ। 

National life

‘हामीलाई स्थानीय तहले जसरी नाम पठाएको थियो, त्यसरी नै हामीले त्यसलाई अन्तिम नामावलीका रुपमा राख्यौँ’, जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले भने। उनले पालिकाले दिएको रेकर्डका आधारमा नै मतदाता नामावली अद्यावधिक गरिएको जानकारी दिए। 

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी युवराज पन्तले केही पालिकाले मृत्यु भइसकेका व्यक्तिको विवरण निर्वाचन कार्यालयलाई नबुझाउँदा मतदाताको अन्तिम नामावलीमा मृत्यु भइसकेका व्यक्ति पनि समावेश भएको बताए। 

उनले नेपालगञ्ज उपमहानगरपालिकाका केही वडाबाट मात्रै विवरण आएको र पालिकाले पाँच वर्षमा मृत्यु भएका व्यक्तिको विवरण नै नपठाएपछि मतदाता नामावलीमा मृत्यु भइसकेका नाम उल्लेख भएको जानकारी दिए। 

सूचना अधिकारी पन्तले स्थानीय तहले पठाएको तीनपुस्ते विवरण र जिल्ला निर्वाचन कार्यालयले संकलन गरेको मतदाता नामावलीसँग मेल खाएका आधारमा मृतक भनेर पहिचान गरी मतादाता नामावलीबाट नाम हटाइने काम भएको बताए। 

Shivam cement


प्रकाशित: Apr 01, 2022| 09:05 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।