आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भारतले सार्वजनिक गर्‍यो प्रधानमन्त्री देउवाको तीन दिने भ्रमण तालिका

भारतले सार्वजनिक गर्‍यो प्रधानमन्त्री देउवाको तीन दिने भ्रमण तालिका

पत्‍नी आरजु राणा देउवा, चार जना मन्त्रीहरु र अन्य विभिन्‍न मन्त्रालयका प्रतिनिधिहरुको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्नेछन्। भारती विदेश मन्त्रालयले जारी गरेको भ्रमण तालिका अनुसार शुक्रबार भारतीय समय अनुसार दिउँसो २:५० बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थल अवतरण गर्नेछन्।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं- भारतको विदेश मन्त्रलायले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण तालिका सार्वजनिको छ। नेपालको विदेश मन्त्रलायले भने यसअघि प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे जानकारी गराउँदै विज्ञप्ति जारी गरे पनि भ्रमणका एजेण्डा र भ्रमण तालिकाबारे पनि विस्तृत जानकारी गराएको छैन। 

पत्‍नी आरजु राणा देउवा, चार जना मन्त्रीहरु र अन्य विभिन्‍न मन्त्रालयका प्रतिनिधिहरुको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्नेछन्। भारती विदेश मन्त्रालयले जारी गरेको भ्रमण तालिका अनुसार शुक्रबार भारतीय समय अनुसार दिउँसो २:५० बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थल अवतरण गर्नेछन्। 

शुक्रबार अपरान्ह ४:३० बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकरले दिल्लीस्थित होटल मौर्यमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ। शनिबार बिहान १०:४० बजे प्रधानमन्त्री देउवाले राजघाट पुगेर महात्मा गान्धीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्ने र ११:१० बजे हैदरावाद हाउसमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ। 

शनिबार मध्यान्ह १२:१५ बजे नेपाल र भारतबीच सम्झौतापत्रहरूमा हस्ताक्षर हुने र देउवा र मोदीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।  

्शनिबार अपरान्ह ४:३० बजे प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति नायडुसँग मौलाना आजाद रोडस्थित उपराष्ट्रपति निवासमा शिष्टाचार भेट गर्नेछन्। त्यसैगरी आइतबार बिहान ९ बजे वाराणसी पुग्ने। त्यहाँ आयोजित कार्यक्रममा सहभागी हुने र अपरान्ह ४:०० बजे वाराणसीबाट नयाँ दिल्ली फर्किने कार्यक्रम छ। आइतबार अपरान्ह ४:१५ बजे तीन दिने भ्रमण पूरा गरेर प्रधानमन्त्री देउवा काठमाडौंका लागि प्रस्थान गर्ने भारती विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमार्फत जनाइएको छ।




प्रकाशित: Mar 31, 2022| 20:54 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...