आइतबार, साउन ३१, २०८३

प्रधानमन्त्री देउवा आज भारत जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री शेरबहादुर देउवा चार मन्ती, सचिवसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार भारतको तीन दिने औपचारिक भ्रमणका लागि जाने भएका छन्। भ्रमण दलमा चार मन्त्रीहरु परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र कृषिमन्त्री महिन्द्र राय यादव रहनेछन्।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा पत्‍नी आरजु राणा देउवा, चार मन्ती, सचिवसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार भारतको तीन दिने औपचारिक भ्रमणका लागि जाने भएका छन्। भ्रमण दलमा चार मन्त्रीहरु परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र कृषिमन्त्री महिन्द्र राय यादव रहनेछन्।

भारत प्रस्थानको लागि परराष्ट्रमन्त्री खड्का बिहीबार स्वदेश फर्किएका हुन्। प्रधानमन्त्री देउवा भारतीय समयअनुसार शुक्रबार दिउँसो २:५० बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ। 

भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यक्रमअनुसार शुक्रबार अपराह्न साढे ४ बजे विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। भारतीय समकक्षी मोदीसँग प्रधानमन्त्री देउवाको बेग्लै र प्रतिनिधिमण्डलस्तरीय वार्ता शनिबार ११:१० बजे हैदराबाद हाउसमा सुरु हुनेछ। 

सुरुमा दुवै प्रधानमन्त्रीसहित तीन–तीनजना रहेको रेस्ट्रिक्टेड बैठक हुनेछ। त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्तामा प्रधानमन्त्रीसहित दुवै देशका उच्च अधिकारी हुनेछन्। द्विपक्षीय औपचारिक वार्तापछि सवा १२ बजे प्रधानमन्त्री देउवा र मोदीले जनकपुर जयनगर रेल्वे शुभारम्भ गर्नेछन् भने भारतको सहयोगमा नेपालमा भूकम्पपछि निर्माण भएका स्वास्थ्य चौकीहरूका उद्घाटन गर्नेछन्। त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। 

शनिबार अपराह्न साढे ४ बजे प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति बैंकाय नायडुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवा आइतबार बिहान ९ बजे विशेष जहाजबाट वनारस (वाराणसी) पुग्‍ने कार्यक्रम छ। त्यहाँ उनलाई उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नेछन्। मुख्यमन्त्री आदित्यनाथले प्रधानमन्त्रीको सम्मानमा दिवाभोज आयोजना गर्नेछन्। 

प्रधानमन्त्री देउवाले काशी विश्वनाथ मन्दिर र त्यहाँ रहेको पशुपतिनाथ मन्दिरको दर्शन गर्नेछन् भने नेपाली धर्मशालाको भ्रमण गर्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवा बनारसबाट अपराह्न ४ बजे दिल्ली पुगेर स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशित: Apr 01, 2022| 06:00 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...