बिहीबार, साउन २८, २०८३

दुर्घटनामा वडासचिवको मृत्यु

मृत्यु हुनेमा रामधुनी नगरपालिका–६ का वडासचिव ५३ वर्षीय नन्दकुमार श्रेष्ठ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए। इचोलबाट बक्लौरीतर्फ जाँदै गरेको को२४प ९४५६ नंको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना भएको थियो।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

सुनसरी- सुनसरीको रामधुनी नगरपालिका–६ बक्लौरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा रामधुनी नगरपालिका–६ का वडासचिव ५३ वर्षीय नन्दकुमार श्रेष्ठ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए। इचोलबाट बक्लौरीतर्फ जाँदै गरेको को२४प ९४५६ नंको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना भएको थियो। 

दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 31, 2022| 22:15 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।