आइतबार, असार ७, २०८३

समिट वुमन अफ द इयर २०२२ सम्पन्‍न

सात प्रदेशका १५ सहरबाट कुल ८१ जनाले पुरस्कारको लागि आवेदन परेको थियो। जसमध्ये पहिलो चरणमा उत्कृष्ट ३० जनाको नाम सर्टलिस्ट गरिएको थियो। तीमध्ये उत्कृष्ट ७ फाइनलमका लागि छनोट भएका थिए।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं- ओपन स्पेस नेटवर्कको आयोजना र आइएनजी ग्रुपको प्रस्तुतीमा बिहीबार ‘समिट वुमन अफ द इयर २०२२’ सम्पन्‍न भएको छ। ३० वर्षभन्दा मुनिका महिला उद्यमीलाई पुरस्कृत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो। कानुनको पालना गर्दै दियो योजना कार्यान्वयन गरी समाजमा सकारात्मक प्रभाव पार्न सफल एक जना महिला उद्यमीलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो। 

National life

यस्ता युवा महिला उद्यमीहरूलाई पुरस्कृत गर्नुको उद्देश्य नेपालको पितृसत्तात्मक समाजमा विद्यमान सबै अवरोध र यथास्थितिलाई चुनौती दिँदै युवा पुस्तालाई सृजनात्मक विचारका साथ व्यवसायीक नेतृत्व गर्न प्रेरित गर्नु पनि हो। 

सात प्रदेशका १५ सहरबाट कुल ८१ जनाले पुरस्कारको लागि आवेदन परेको थियो। जसमध्ये पहिलो चरणमा उत्कृष्ट ३० जनाको नाम सर्टलिस्ट गरिएको थियो। तीमध्ये उत्कृष्ट ७ फाइनलमका लागि छनोट भएका थिए।

१. आङछेची शेर्पा, लुक्ला आउटडोर

२. ईशा बल्ला, सह–संस्थापकरप्रबन्ध निर्देशक– खानपिन

Shivam cement

३. काजोल झा ठाकुर, सह–संस्थापक र प्रबन्ध निर्देशक–ग्लोकल एकेडेमी अफ स्किल्स प्रा।लि। 

४. कृतिका लम्साल, को–वनर–स्वीट फिक्स

५. सजल मल्ल, द मल्ल इन्क

६. श्रेया गिरी, संस्थापकरप्रबन्ध निर्देशक –ह्याप्पीमाइन्ड्स

७. श्रेया कटुवाल, सह–संस्थापक– बिहेनेपाल

उत्कृष्ट सातमध्ये एक जना विजयीको नाम हाम्रा चार निर्णायकले छनोट गरेका हुन्। चार जना निर्णायकमा आईएनजी ग्रुपका संस्थापक-अध्यक्ष सुलभ बुढाथोकी, आइडीइका नेपाल कन्ट्री डाइरेक्टर कोरी ओ’हारा, एब्सोल्युट एस्थेटिक क्लिनिकका मालिक डा. श्रुजना श्रेष्ठ र नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम्का संस्थापक छाया शर्मा रहेका थिए। उनीहरुले मार्च २२ का दिन विजयीको नाम छनोट गरेका थिए। जसको घोषणा आज (मार्च ३१) का दिन सानेपास्थित हेरिटज गोर्डेनमा एक भव्य कार्यक्रमकाबीच गरिएको हो।  

‘समिट वुमन अफ द इयर २०२२’ पुरस्कार स्विट फिक्सकी संस्थापक कृतिका लम्साललाई प्रदान गरिएको छ। उनले प्राकृतिक फलफूल र स्थानीय सामग्रीबाट ‘पप्सिकल्स’ बनाउँदै आएका थिए। उनले निर्माण गरेको वस्तु प्याकेज गरिएका त्यस्तै प्रकारका वस्तुको तुलनामा निकै स्वस्थ र स्वादिष्ट विकल्प बनेका छन्। उनलाई आज शालिमार ज्वेलर्सबाट एक लाख रुपैयाँ नगद र हिराको लकेटले सम्मान गरिएको छ।

फैजा परवीन, संस्थापक–ओपन स्पेस नेटवर्क, “ओएसएनले सधैं व्यवसायिक अवसरहरू मार्फत महिलाहरूले पाउने वित्तीय स्वतन्त्रतामा विश्वास गर्छ र यस कार्यक्रमले धेरै युवा महिलाहरूलाई व्यवसायिक संसारमा नेतृत्व लिन प्रेरित गर्नेछ।’ 


प्रकाशित: Mar 31, 2022| 22:30 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।