आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस : स्थानीय तहका उम्मेदवारको नाम वैशाख १ भित्र केन्द्रमा पठाउन निर्देशन [तालिकासहित]

कांग्रेस : स्थानीय तहका उम्मेदवारको नाम वैशाख १ भित्र केन्द्रमा पठाउन निर्देशन [तालिकासहित]

नेपाली कांग्रेसको स्थानीय तहतर्फका उम्मेदवारहरुको नाम वैशाख १ गतेसम्म केन्द्रमा पठाइसक्ने गरी उम्मेदवार छनोटको समय तालिका सार्वजनिक गरेको छ।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तहतर्फका उम्मेदवारको नाम वैशाख १ गतेसम्म केन्द्रमा पठाइसक्ने निर्देशन दिएको छ। उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले उम्मेदवार टुंग्याउने समय तालिकाबारे जानकारी गराउँदै यस्तो निर्देशन जारी गरेको हो। 

समितिले निर्धारण गरेको समय तालिका अनुसार वडा कार्यसमितिले चैत २१ र पालिकाले चैत २३ सम्म उम्मेदवार टुंग्याएर नामावली बुझाउन निर्देशन दिएको छ। यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २५, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २७, जिल्ला कार्यसमितिले चैत २९ र प्रदेश कार्यसमितिलाई वैशाख १ गतेसम्म उम्मेदवारको टुंगो लगाएर नामावली पठाउन भनिएको छ। 

समितिले जारी गरेको परिपत्र जिल्ला पुग्‍न ढिलो हुने भएपछि केन्द्रले फोनबाटै उम्मेदवारी टुंग्याउन मातहतलाई समय तालिकासहित आग्रह गर्न भनेको छ। 

कांग्रेसको विधानमा प्रदेश कार्यसमितिले गठन गर्ने संसदीय समितिले नगरपालिका र उपमहानगर प्रमुख–उपप्रमुखको, जिल्ला कार्यसमितिले गठन गर्ने संसदीय समितिले गाउँपालिका अध्यक्ष–उपाध्यक्षको र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिले गठन गर्ने संसदीय समितिले गाउँ, नगर वडाअध्यक्ष तथा सदस्यको उम्मेदवारी टुंगो गर्ने व्यवस्था छ। यस्तै, केन्द्रीय कार्यसमितिले गठन गर्ने संसदीय समितिले विधानतः स्थानीय निर्वाचनमा महानगर प्रमुख–उपप्रमुखको मात्रै टिकट दिने अधिकार छ। 


प्रकाशित: Mar 31, 2022| 19:26 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...