आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेका पाँच हजार पार्टी सदस्यले मासिक पाँच हजार लेबी तिर्नुपर्ने

एमालेका पाँच हजार पार्टी सदस्यले मासिक पाँच हजार लेबी तिर्नुपर्ने

नेकपा (एमाले) ले धेरै आय भएका पाँच हजार पार्टी सदस्यबाट महिनाको पाँच हजार रुपैयाँ उठाउने भएको छ।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं– नेकपा (एमाले) ले धेरै आय भएका पाँच हजार पार्टी सदस्यबाट महिनाको पाँच हजार रुपैयाँ उठाउने भएको छ।पार्टी अध्यक्ष केपी शर्मा ओलीले यही साता जारी गरेको अन्तरपार्टी निर्देशनमा पार्टीको दिगो आर्थिक स्रोतका लागि यस्तो गर्न लागिएको उल्लेख छ।

अपानिमा भनिएको छ, ‘पार्टीको दिगो आर्थिक स्रोतका लागि विभागका प्रमुखले ‘५ हजार लेवी दिने ५ हजार जना अभियान (फाइभ थाउजेण्ड बाइ फाइभ थाउजेण्ड अभियान)’ प्रस्ताव गर्नुभयो। एमालेका उच्च आय भएका ५ हजार सदस्यले यस कार्यकालभरि नै अनलाइनमार्फत हरेक महिना ५ हजारका दरले योगदान गर्ने प्रस्ताव बैठकले पारित गर्‍यो। आ–आफ्नो क्षेत्रमा यस्ता आय भएका र योगदान गर्न इच्छुक कमरेडहरूको नामावली संकलन गर्ने र उक्त नाम चैत महिनाको अन्त्यसम्ममा केन्द्रीय कार्यालयमा उपलब्ध गराउन अनुरोध गरिन्छ।’

अपानिमा पार्टीका अधिकांश कार्यक्रमहरू माला–खादा र अस्तव्यस्त आसन ग्रहण प्रक्रियाका कारण भद्दा हुन थालेको उल्लेख गर्दै यसलाई छरितो तुल्याउन सकेसम्म छरितो आसन ग्रहणजस्ता काम गर्ने र अनावश्यक माला र खादा प्रयोगलाई निरुत्साहित गर्न निर्देशन दिइएको छ।

प्रकाशित: Mar 31, 2022| 17:33 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...