आइतबार, साउन ३१, २०८३

मतगणना स्थलमा सीसीटीभी जडान हुने, मतपत्र छपाइ सुरु

आशन्न स्थानीय तह निर्वाचनमा सबै मतगणना स्थलमा सीसीटीभी जडान हुने भएको छ।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं– आशन्न स्थानीय तह निर्वाचनमा सबै मतगणना स्थलमा सीसीटीभी जडान हुने भएको छ। निर्वाचन आयोगले बिहीबार आयोजना आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो।

सीसीटीभी सम्बन्धित स्थानीय तहले राख्नेछ भने अनुगमन निर्वाचन आयोगले गर्नेछ। निर्वाचनका लागि २ करोड मतपत्र छापिने जनाउँदै आयोगले आज आयुक्तहरुले प्रेसको अनुगमन गरेको बताएको छ।

छपाइ आजैबाट सुरु भएको छ। मतपत्र छपाइ स्थलमा नेपाली सेनाका कर्नेलको नेतृत्वमा सुरक्षा व्यवस्था गरिएको आयोगले जनाएको छ। 

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते शुक्रबारका लागि तय भएको छ ।

प्रकाशित: Mar 31, 2022| 17:09 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...