बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डीएलए नेतृत्वको लागि मतदान सम्पन्न, मतगणना शुरु हुँदै

डीएलए नेतृत्वको लागि मतदान सम्पन्न, मतगणना शुरु हुँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
 काठमाडौं -नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) को नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ। ४३ सदस्यीय नयाँ कार्यस समिति चयनको लागि आइतबार दिउँसो २ बजेबाट हुने भनिएको मतदान ५ बजेबाट मात्र शुरु भई सात बजे सम्पन्न भएको थियो। 

एक हजार ९५ जना मतदाता रहेको डीएलएको १० औं महाधिवेशनबाट नेतृत्व चयनको लागि आठ सय चार जनाले मतदान गरेका छन्। मदतान सम्पन्न भएपछि अहिले ८ बजेबाट मतगणना शुरु गरिएको डीएलएका निवर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरेल बताए। 

मतगणना प्रक्रियामा बाधा नआएमा मत परिणाम आइतबार राति १२ बजेसम्ममा आउने घिमिरेले नेपाल समयलाई बताए। विभिन्न पदमा १८ जना निर्विरोध निर्वाचित भइसकेपछि मतदानबाट अध्यक्षसहति २५ जनालाई बिजयी भएको घोषणा गरिने छ। 

यि हुन निर्विरोध निर्वाचितहरु 

४३ सदस्यीय डीएलए केन्द्रीय कार्य समिति चयनको लागि भएको १० औं महाधिवेशनले १८ जनालाई निर्विरोध निर्वाचित गरेको छ। सात वटा प्रदेश र १ महिलासहित ५ जना उपाध्यक्ष निर्विरोध निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा शुष्मा बास्कोटा बराल, प्रदेश १ बाट मुरारी खड्का, प्रदेश २ बाट राजनप्रसाद दाहाल, कर्णाली प्रदेशबाट खड्गबहादुर सिजापति र प्रदेश ७ बाट दिलबहादुर जेठारा निर्विरोध निर्वाचित भएका छन्।  

सदस्यहरुमा प्रदेश १ बाट अश्विनीकुमार भट्टराई, प्रदेश २ बाट सन्तोषकुमार पाण्डे, प्रदेश ५ बाट निर्मल गौतम, कर्णाली प्रदेशबाट दमनराज वम र प्रदेश ७ बाट उद्धवराज भट्ट निर्विरोध भएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।