बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एआईजीमा बढुवा भएका तीन जनालाई दर्ज्यानी चिह्न प्रदान

एआईजीमा बढुवा भएका तीन जनालाई दर्ज्यानी चिह्न प्रदान

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले एआईजीमा बढुवा भएका बसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं- डीआईजीबाट एआईजीमा बढुवा भएका तीन जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले एआईजीमा बढुवा भएका बसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। 

बिहीबार बिहानको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। 

उता सरकारको उक्त निर्णयविरुद्ध तीन डीआईजी भने सर्वोच्च पुगेका छन्। डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्। 

वरिष्ठता मिच्दै कनिष्ठलाई एआईजीमा बढुवा गरिएकाले सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश माग गर्दै उनीहरू सर्वोच्च पुगेका हुन्। 

रिट दायर गर्ने डीआईजीहरूले यसअघि बढुवा विरुद्धको सुनुवाइ समितिमा उजुरी गरेका थिए। समितिले नियमसंगत नै देखिएको ठहर गरेपछि बिहीबार बिहानको मन्त्रिपरिषद् बैठकले तीनजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। 

प्रकाशित: Mar 31, 2022| 16:49 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।