आइतबार, साउन ३१, २०८३

दुई सय पालिका जितेर कम्युनिस्ट पार्टीमा पहिलो हुन्छौं : वर्षमान

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कम्युनिस्ट पार्टीहरूमध्ये माओवादी केन्द्र पहिलो हुने दाबी गरेका छन्।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कम्युनिस्ट पार्टीहरूमध्ये  माओवादी केन्द्र पहिलो हुने दाबी गरेका छन्। 

बिहीबार ललितपुरमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा पूर्वमन्त्री पुनले एक्लै निर्वाचनमा जाँदा पनि माओवादी  पहिलो दल हुने बताएका हुन्। ‘एक्लै भिडे पनि हामी दुई सय पालिका जित्छौं। कम्युनिस्ट पार्टीमध्ये माओवादी केन्द्र पहिलो दल हुन्छ। गत स्थानीय तहको निर्वाचनमा भन्दा माओवादीको अवस्थामा धेरै सुधार भएको छ।  हामी अरूको होइन आफ्नै शक्तिमा भर पर्छौं, चुनाव जित्नका लागि गठबन्धन गरेको होइनौं।’

स्थानीय निर्वाचन नजिकिँदै जाँदा माओवादीले आफ्ना जनसंगठनहरूलाई प्रशिक्षण दिने कार्यक्रम बढाएको छ। अध्यक्ष प्रचण्डले सातै प्रदेशमा पुगेर नेता कार्यकर्तालाई प्रशिक्षण दिइसकेका छन्।

प्रकाशित: Mar 31, 2022| 14:39 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...