आइतबार, साउन ३१, २०८३

संविधानको रक्षा गर्नु नै सबैको कर्तव्य हो : नेता खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशको संविधानको रक्षा गर्नु सबै राजनीतिक दल र नागरिकको कर्तव्य भएको बताएका छन्।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशको संविधानको रक्षा गर्नु सबै राजनीतिक दल र नागरिकको कर्तव्य भएको बताएका छन्।

बिहीबार रिपोर्टर्स क्लवको २४औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले नेता र जनता सबै जिम्मेवार बने मात्रै संविधानको रक्षा हुने बताएका हुन्।

लोकतान्त्रिक क्रान्ति सम्पन्न गरेर नयाँ संविधान निर्माण भएको उल्लेख गर्दै उनले यो संविधान तुलनात्मक रुपमा राम्रो भएको बताए। आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय ढंगले सम्पन्न गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

‘हामीले १० वर्ष लगाएर नयाँ संविधान पनि निर्माण गरेका छौं। यो एउटा राम्रो संविधान बनेको छ। यद्यपी संविधान कुनै पनि अन्तिम हुँदैनन्। यो पनि अन्तिम भन्नुपर्छ भन्ने मलाई लाग्दैन। तर, सकेसम्म यसको लामो आयु होस् भनेर हामीले कामना गर्नुपर्छ,' उनले भने।

उनले नेपालको संविधान तुलनात्मक रुपमा राम्रो बनेको दाबी गरेका छन्। 'स्वभाविक रुपले यो संविधानमार्फत् हामीले ०६२/०६३ को जनक्रान्तिको उपलब्धीहरुलाई संस्थागत गरेका छौं। त्यसैले यो संविधानको रक्षा हामी सम्पूर्ण २ करोड ९२ लाख नेपाली र उनका प्रतिनिधिहरूको रुपमा रहेका सम्पूर्ण राजनीतिक पार्टीहरूका निम्ति एउटा ठूलो जिम्मेवारीको विषय हो,’ उनले भने।

प्रकाशित: Mar 31, 2022| 13:34 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...