बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्यायाधीश पुडासैनीलाई सैनिक विशेष अदालतको अध्यक्ष तोक्न सरकारलाई परामर्श

न्यायाधीश पुडासैनीलाई सैनिक विशेष अदालतको अध्यक्ष तोक्न सरकारलाई परामर्श

न्याय परिषदले सैनिक विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्न सरकारलाई परामर्श दिने निर्णय गरेको छ।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं– न्याय परिषदले सैनिक विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्न सरकारलाई परामर्श दिने निर्णय गरेको छ। परिषदको बुधबार बसेको बेठकले उच्च अदालतका ८७ जना न्यायाधीशको सरुवा गर्दा यो निर्णयसमेत गरेको हो। 

पुडासैनी उच्च अदालत जनकपुरमा कार्यरत छन्। न्यायपरिषद्को बुधबारकै निर्णयले उनी जनकपुरबाट उच्च अदालत पाटनमा सरुवा भएका हुन्।

हाल यस अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश लोहितचन्द्र शाह छन्। ०७७ कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सैनिक विशेष अदालतको अध्यक्षमा नियुक्त गरेको थियो। सैनिक विशेष अदालत नेपाली सेनाको जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट हुने फैसला वा आदेशउपर पुनरावेदन गर्न सकिने अदालत हो।

यो नेपाली सेनाको जंगी अड्डाभित्रै छ। यो अदालतमा तीन सदस्यीय इजलास रहने व्यवस्था छ। अदालतको अध्यक्षमा नियुक्त हुने उच्च अदालत पाटनका न्यायाधीश नै यसको मुख्य न्यायाधीश हुन्छन्। इजलासका थप दुई न्यायाधीशमा भने नेपाली सेना प्राड विवाकका प्रमुख र रक्षा सचिव रहने व्यवस्था छ। 

हेरौं उच्च अदालतका कुन न्यायाधीशको कहाँ सरुवा भयो, थप सूची


प्रकाशित: Mar 31, 2022| 13:13 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।