आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विभिन्न स्थानमा सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

विभिन्न स्थानमा सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका छन्।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं- देशका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका छन्। 

National life

तनहुँ म्याग्दे गाउँपालिका-१ तल्लो गुणादीस्थित सडकमा ना३ख ४६९१ नम्बरको ट्रकले ग५प ६०८३ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक ऋषिङ गाउँपालिका-२ कासीपुर बस्ने १९ वर्षीय तारन थापाको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

सर्लाही लालबन्दी नगरपालिका-१७ कालिनजोर पुलस्थित सडकमा बिआर ०६ बिएम १५३७ नम्बरको कार अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा कार चालक भारत सितामढी बयलडाबड धनुषी बस्ने २२ वर्षीय नबिन यादवको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय गढिमाई अस्पताल लालबन्दीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य पाँच जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। 

Shivam cement

अछाम पञ्चदेवल बिनायक नगरपालिका-५ लयाटीस्थित सडकमा भे१त ८९३४ नम्बरको ट्याक्टर बुधबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने २५ वर्षीय भुपेन्द्र शाहीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै जिल्ला अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो। 

मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित सडकमा बागमती प्रदेश ०३-००१ ख १३६५ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल पहिचान नखुलेका अदाजी ४० वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको छ। 

ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Mar 31, 2022| 13:06 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।