बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यातायात कार्यालयमा सेवाग्राहीलाई दु:ख दिने १५ जना पक्राउ

यातायात कार्यालयमा सेवाग्राहीलाई दु:ख दिने १५ जना पक्राउ

ललितपुर यातायात कार्यालयमा आएका सेवाग्राहीलाई दु:ख दिएको भन्दै प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

ललितपुर- ललितपुर यातायात कार्यालयमा आएका सेवाग्राहीलाई दु:ख दिएको भन्दै प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका-४ बागडोल बस्ने खोटाङ दिक्तेल घर भएकी १९ वर्षीया इनिमाया राईसहित १५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ललितपुर महानगरपालिका-१३ कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालय, बागमतीको कार्यालय परिसर तथा बाहिरसमेत अनाधिकृत रुपमा मानिस भेला भई कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक रुपमा झन्झटमा पारी कार्यालयको काममा समेत बाधा अवरोध पुर्‍याउने कार्य गरेको भन्दै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 31, 2022| 12:23 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।