बिहीबार, साउन २८, २०८३

श्रीमानद्वारा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

सोलुखुम्बुमा मादकपदार्थ सेवन गरेका श्रीमानले श्रीमतीको हत्या गरेका छन्।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं- सोलुखुम्बुमा मादकपदार्थ सेवन गरेका श्रीमानले श्रीमतीको हत्या गरेका छन्। जिल्लाको माप्य दूधकोसी गाउँपालिका-४ का अन्दाजी ४० वर्षीय चन्द्र राईले श्रीमती अन्दाजी ३२ वर्षीया मनिला राईको हत्या गरेका हुन्।

घरायसी विवाद हुँदा मादकपदार्थ सेवन गरेका चन्द्रले श्रीमतीलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। श्रीमतीको दुवै हात काटेको, टाउको र गालामा खुकुरी प्रहार गरी हत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए।

घटना बुधबार साँझ करिब ७ बजे भएको बताइएको छ। हत्यामा संलग्न चन्द्र राईलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 31, 2022| 12:00 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।