आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • तालमेल गर्न सक्ने भन्नुको अर्थ स्थितिअनुकूल गर्ने, भावनाप्रतिकूल नगर्ने हो : महामन्त्री शर्मा

तालमेल गर्न सक्ने भन्नुको अर्थ स्थितिअनुकूल गर्ने, भावनाप्रतिकूल नगर्ने हो : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस केन्द्रीय समितिले केन्द्रबाट गठबन्धन नथोपर्ने निर्णय गरेको बताएका छन्।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस केन्द्रीय समितिले केन्द्रबाट गठबन्धन नथोपर्ने निर्णय गरेको बताएका छन्। 

बिहीबार सामाजिक सञ्जालमार्फत उनले केन्द्रीय समितिको निर्णय बारे प्रष्टिकरण दिँदै तल्लो तहको भावना प्रतिकुल हुनेगरी निर्णय नगरेको बताएका छन्। उनले स्थानीय स्थिति र आवश्यकता हेरेर मात्रै तालमेल गर्ने गर्न सक्ने निर्णय भएकाले भावना प्रतिकुल हुने गरी तालमेल नहुने बताएका हुन्। 

‘केन्द्रबाट गठबन्धन नथोपर्ने कांग्रेस केन्द्रीय समितिको संस्थागत निर्णय हो। त्यसैले निर्णयमा स्थानीय स्थिति र आवश्यकता हेरेर मात्र तालमेल गर्न सक्ने उल्लेख छ । गर्न सक्ने भन्नूको अर्थ स्थानीय स्थिति अनुकुल गर्ने,भावना प्रतिकुल नगर्ने भन्नेपनि हो। हामी विलकुल प्रष्ट छौं,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘कांग्रेस केन्द्रले सर्वसम्मत गरेको संस्थागत निर्णय भन्दा दायाँबायाँ, तलमाथि केही नगर्न हामी प्रतिबद्ध छौं।’ 

उनले स्थानीय स्थिती र आवश्यकता भन्दा बाहिर गएर तालमे नहुने कुरामा पार्टी दृढ रहेको बताएका छन्। ‘तर बटमलाइन प्रष्ट छ, स्थानीय स्थिति र आवस्यकता मोडालिटी भनिरहँदा त्यसभन्दा बाहिर गएर थोपर्ने कुरा व्यवहारिक हुनेछैन, हामी यसमा पनि एकदम प्रष्ट र दृढ छौं,’ उनले भने।

प्रकाशित: Mar 31, 2022| 11:38 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...