आइतबार, साउन ३१, २०८३

पन्त, सिंह र धानुक एआईजीमा बढुवा

सरकारले नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं– सरकारले नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बिहान बसेको बैठकले वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गरेको हो।

गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्यसचिव रहेको बढुवा समितिले चैत १ गते डीआईजीहरू पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।

उनीहरुको बढुवाका लागि भएको सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी परेको थियो। वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा कनिष्ठ रहेका डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको भन्दै चैत १३ गते तीन डीआईजी घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले लोकसेवा आयोगको ‘उजुरी सुन्ने’ समितिमा निवेदन दिएका थिए। समितिले सिफारिसमा कुनै त्रुटि नदेखिएको निष्कर्ष निकालेपछि उनीहरुको बढुवा भएको हो।

प्रकाशित: Mar 31, 2022| 11:16 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...