बिहीबार, साउन २८, २०८३

एकसय रुपैयाँले बढ्यो सुनको मूल्य

बुधबारको तुलनामा बिहीबार सुनको मूल्य एक सयले बढेको छ।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं- बुधबारको तुलनामा बिहीबार सुनको मूल्य एक सयले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक सय रुपैयाँले बढ्दै ९८ हजार ९०० रुपैयाँ कायम भएको हो। बुधबार छापावाला सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। 

आज तेजाबी सुनको मूल्यसमेत एकसय रुपैयाँले बढेको छ। आज तेजाबी सुन ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घटेको छ। आज एक चाँदी हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बुधबार पनि चाँदी तोलामा १० रुपैयाँले घट्दै एकहजार ३६० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: Mar 31, 2022| 11:08 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।