काठमाडौं– गोरखापत्र संस्थानको महाप्रबन्धकमा लालप्रसाद ऐरी नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आजको बैठकले पत्रकार ऐरीलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो।
कान्तिपुर टेलिभिजनमा कार्यरत ऐरी नेपाल प्रेस युनियनका सुदूरपश्चिम संयोजक हुन्। उनी प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका हुन्।
त्यस्तै, श्रमजीवी पत्रकार न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार संगीता खड्का नियुक्त भएकी छिन्। नेपाल पत्रकार महासंघकी पूर्व सचिव खड्का प्रेस सेन्टरमा आवद्ध छिन्।