बिहीबार, साउन २८, २०८३

पासोमा परेर चितुवा मर्‍यो

कैलालीमा पासोमा परेर चितुवा मरेको छ। घोडाघोडी नगरपालिका वडा नम्बर १० झिरोखामा अज्ञात समूहले हालेको पासोमा परेर चितुवा मरेको हो।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

धनगढी- कैलालीमा पासोमा परेर चितुवा मरेको छ। घोडाघोडी नगरपालिका वडा नम्बर १० झिरोखामा अज्ञात समूहले हालेको पासोमा परेर चितुवा मरेको हो। 

चितुवा बिहीबार विहान पासोमा परेको र उद्धार टोलीले काम गर्न नपाउँदै मरेको डिभिजन कार्यालय पहलमानपुरले जनाएको छ। उनका अनुसार उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट टोली पुग्नासाथ चितुवा मरेको हो। 

मरेको चितुवालाई डिभिजन वन कार्यलय पहलमानपुर लगिएको र मुचुल्का उठाएर सुरक्षित स्थानमा गाडिने रिजालले बताए। पासो कसले हाल्यो भन्नेबारे अनुसन्धान भइरहेको डिभिजन कार्यालय पहलमानपुरले जनाएको छ। 

प्रकाशित: Mar 31, 2022| 11:03 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।