काठमाडौं- मन्त्रिपरिषद् बैठकले दुई अध्यादेश जारी गरेको छ।
बिहीबार बिहान सम्पन्न बैठकले यौन हिंसाविरुद्धको र तेजाब आक्रमणविरुद्धको अध्यादेश जारी गर्ने निर्णय गरेको हो। सरकारको सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछन्।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका यी दुवै अध्यादेश केही समयअघि निष्कृय भएका थिए।