जनकपुरधाम- सर्लाहीमा भारतीय नागरिक सवार कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा थप पाँच जना घाइते भएका छन्।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका १७ स्थित कालिन्जोर पुल छेउमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बीआर०६बीएम १५३७ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो।
ज्यान गुमाउनेमा कारका चालक भारतको बिहार राज्यअन्तर्गत सितामढी जिल्लाको बयलडाबड धनुषी २ बस्ने २२ वर्षीय नवीन यादव रहेका छन्।
कानबाट रगत बग्न थालेका उनलाई उपचारका लागि अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
सोही कारमा सबार सोही ठाउँका २७ वर्षीय अतुल कुमार, १९ वर्षीय दिबयान्स यादव, २८ वर्षीय प्रिन्सराज राजपुत, २२ वर्षीय बजरंगी भनिने शौरव यादव र २५ वर्षीय अजित यादव घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।