म्याग्दी- बेनी नगरपालिका-६ डम्बरामा बिहीबार बिहान अन्दाजी ४ बजेतिर दुई वटा गाडीमा आगजनी भएको छ। प्रहरीका अनुसार पार्किङ गरी राखिएका दुई वटा गाडीमा आगजनी भएको हो।
बेनी-दरवाङ सडक खण्डको डम्बरामा सडक छेउमा पार्किङ गरी राखेका ध१ज ९८६ नम्बरको भ्यान र ध१ज ७२६ नम्बरको ट्याक्सीमा अज्ञात समूहले आगो लगाएको प्रहरीले जनाएको छ। दुवै गाडी बुधबार साँझ ७ बजे सोही स्थानमा ठोक्किएर दुर्घटनाग्रस्त भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ ७ बजे सडक छेउमा पाकिङमा रहेको ट्याक्सीलाई बेनीदेखि तातोपानीतर्फ जाँदै गरेको भ्यानले ठक्कर दिएको थियो।
दुर्घटनाग्रस्त गाडीलाई स्थानीयले नालीबाट झिकेर सडक किनारामा राखिदिएका थिए। प्रहरीले चालकको मदिरा सेवन गरे/नगरेको परीक्षणगरी मानवीय क्षति नभएका कारण दुवै गाडीका धनीलाई मिलापत्र गराइ पठाएको थियो।