बुधबार, असार ३१, २०८३

कांग्रेसले सरकार विरुद्ध १५ हजार मान्छे उतार्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम-नेपाली कांग्रेस १५ साउनमा सरकार विरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दैछ । विरोध प्रदर्शनलाई सफल र प्रभावकारी बनाउन कांग्रेसले जिल्ला जिल्लामा तयारी शुरु गरेको छ । 

धनुषा कांग्रेसले सरकार विरुद्ध हुने प्रदर्शनमा जनकपुरमा १५ हजारभन्दा बढी मानिस सडकमा उत्रिने दाबी गरेको छ । 

विरोध प्रदर्शनबारे जानकारी दिन नेपाल प्रेस युनियन धनुषाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति महेशशंकर गिरीले नगर, वडा तथा जिल्ला गरी सबै तपकाका नेता कार्यकर्ता सडकमा उत्रिने दाबी गरे । 

वर्तमान सरकार निरंकुश र लोकतन्त्रको विरोधमा अगाडी बढेकोले कांग्रेस आन्दोलनमा जान वाध्य भएको उनले बताए । वर्तमान संविधानमा सभामुख र उपसभामुख फरक फरक पार्टीको हुने स्पष्ट व्यवस्था रहेपनि वर्तमान सरकारले त्यसको खिल्ली उडाएको गिरीले बताए ।

प्रदेश २ का कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले कांग्रेसको आन्दोलन जनताको पक्षमा रहेको उल्लेख गरे । वर्तमान सरकार दुई तिहाईको दम्भ देखाएर मुलुकमा अधिनायकवाद लाद्न उद्त रहेको उनले आरोप लगाए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।