आइतबार, साउन ३१, २०८३

मन्त्रिपरिषद्को बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। नियमित कार्यतालिका अनुसार बैठक बस्ने भएको हो।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं- आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। नियमित कार्यतालिका अनुसार बैठक बस्ने भएको हो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजे बैठक बस्ने तयारी गरिएको छ। आजै सत्तागठबधनको बैठकसमेत बस्दैछ। 

मन्त्रिपरिषदको यो नियमित बैठक भएकाले विभिन्न मन्त्रालयबाट प्राप्त विषयमा छलफल हुने बताइएको छ। स्थानीय चुनाव नजिकिएकाले चुनाव केन्द्रीत केही निर्णय हुन सक्ने एक मन्त्रीले बताए।

आजको बैठकले विभिन्न देशका लागि राजदूतको सिफारिस गर्न सक्ने सम्भावनासमेत रहेको छ। आजकै बैठकले प्रहरीमा थप गरिएका एआईजीमा बढुवाको निर्णय गर्न सक्ने छ। 

त्यसैगरी आगामी सातादेखि निर्वाचन आचारसंहिता लगाउने तयारी भएकाले आजको बैठकले विभिन्न स्थानमा हुने नियुक्ति तथा बढुवालगायतको सिफारिस गर्ने सम्भावना रहेको छ। 

प्रकाशित: Mar 31, 2022| 07:46 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...