काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी बैठक आज पनि बस्ने भएको छ। बुधबारबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो।
बैठक दिउँसो १ बजे बस्नेछ। बुधबारको बैठकमा आसन्न स्थानीय तह निर्वाचनका लागि तालमेलका विषयमा कार्यकारिणी सदस्यहरूले धारणा राखेका थिए।
धारणा राख्ने सदस्यहरूले पार्टीलाई फाइदा पुग्नेगरी चुनावी तालमेल गर्नुपर्ने धारणा राखेका थिए। बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले तालमेलको निर्णय केन्द्रबाट नभई जिल्लास्तरबाट हुनुपर्ने बताएका थिए।
बैठकमा स्थानीय तह निर्वाचनका लागि उमेदवार छनोट प्रक्रिया, निर्वाचनमा टिकट वितरण गर्ने अधिकार, निर्वाचन घोषणापत्र, पार्टीको विधान संशोधनलगायत एजेन्डा प्रस्तुत भएको छ।