चितवन- चितवनको रत्ननगरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार पतिपत्नी दुवै जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रत्ननगर नगरपालिका-२ का ४५ वर्षीय निरञ्जन श्रेष्ठ र मोटरसाइकल पछाडि बसेकी उनकी पत्नी अन्दाजी ४० वर्षीया निनतारा श्रेष्ठ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख १९० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प १८९५ नम्बरको मोटरसाइकललाई रत्ननगरको भानुचोकमा बुधबार साँझ ५ बजे ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो।
दुर्घटनामा सिकिस्त दुवैजनाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा निरञ्जनको ६ बजेर ६ मिनेटमा मृत्यु भएको र उनकी पत्नी निनताराको साँझ ७ बजेर १० मिनेटमा मृत्यु भएको अधिकारीले जानकारी दिए। चालक प्रहरीको नियन्त्रणमा छन्।