आइतबार, साउन ३१, २०८३

आज सत्तागठबन्धनको बैठक, चुनावी तालमेलबारे छलफल हुने

चुनावी तालमेलका बारेमा छलफल गर्न आज सत्ता गठबन्धन दलको बैठक बस्ने भएको छ।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं- चुनावी तालमेलका बारेमा छलफल गर्न आज सत्ता गठबन्धन दलको बैठक बस्ने भएको छ।

बैठक बिहीबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो। प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारका अनुसार बैठकमा स्थानीय तह निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने छ।

बैठकमा आगामी निर्वाचनमा तल्लो निकायसम्म सत्ता गठबन्धन कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुने उनको भनाइ छ।

आगामी वैशाख ३० गतेका लागि ताय भएको स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका प्रमुख दलबीच गठबन्धनको तयारी भइराखेको छ। 

प्रकाशित: Mar 31, 2022| 06:35 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...