आइतबार, साउन ३१, २०८३

‘कांग्रेसले चुनावी तालमेल गर्न छलफल अगाडि बढाउँदै’

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा आवश्यकतानुसार चुनावी तालमेल गर्ने निर्णय गरेपछि कञ्चनपुर कांग्रेसले छलफल अगाडि बढाउने तयारी गरेको छ।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा आवश्यकतानुसार चुनावी तालमेल गर्ने निर्णय गरेपछि कञ्चनपुर कांग्रेसले छलफल अगाडि बढाउने तयारी गरेको छ। 

कांग्रेसका सुदूरपश्चिम प्रदेश अध्यक्ष वीरबहादुर बलायर तालमेल विरुद्ध देखिएकाले छलफल गरी अघि बढ्न खोजिएको हो। कांग्रेस कञ्चनपुरका सचिव भीमराज भट्टले केन्द्रको निर्णयानुसार तालमेलका लागि छलफल गरी अघि बढ्ने बताए। 'तालमेलको निर्णय भएको छ, त्यसका लागि नेताहरुसित छलफल गर्छौँ,' उनले भने, 'त्यसका आधारमा मात्रै कञ्चनपुरमा तालमेलको आवश्यकता छ छैन भनेर जान्छौँ।'

कांग्रेस सुदूरपश्चिमका अध्यक्ष बलायलरले तालमेल नहुने भन्दै आएकाले पनि केन्द्रको निर्णयपछि छलफल गरेर मात्रै अघि बढ्ने उनले बताए।

अध्यक्ष बलायरले कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नभएको र चुनाव जित्न बलियो भएको तर्क अघि सार्दैै चुनावी तालमेल गर्न नहुने अडान लिँदै आउनुभएको छ। कञ्चनपुरमा नौ स्थानीय तह छन्। विसं २०७४ को स्थानीय तह निर्वाचनमा सत्तारूढ कांग्रेस र सत्ता साझेदार नेकपा माओवादी केन्द्रले दुई-दुई ठाउँमा जितेका थिए। अन्य पाँचमा नेकपा एमालले जितेको थियो।

अहिले एमाले विभाजन भएर चुनावी मैदानमा जान लागेको छ। कांग्रेस एमाले विभाजनको फाइदा उठाउने गरी चुनावी नतिजा आफ्नो पक्षमा पार्ने रणनीति बनाएर अघि बढेको छ। 'कांग्रेस अहिले बलियो नै छ, तालमेल नगरी पनि जित्न सकिन्छ,' सचिव भट्टले भने, 'तैपनि छलफल गरी अघि भने बढ्छौँ।' ‘कांग्रेस घर घर जाऔँ’ अभियान लिएर अहिले चुनावी घरदैलोमा छ।

प्रकाशित: Mar 30, 2022| 22:40 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...