आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं-दिल्ली हरेक दिन एनएसीका दुई वटा उडान गछौँ : मन्त्री आले

काठमाडौं-दिल्ली हरेक दिन एनएसीका दुई वटा उडान गछौँ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले काठमाडौं-दिल्लीमा हरेक दिन नेपाल वायुसेवाका जहाजमार्फत दुई वटा उडान गरिने बताएका छन्।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले काठमाडौं-दिल्लीमा हरेक दिन नेपाल वायुसेवाका जहाजमार्फत दुई वटा उडान गरिने बताएका छन्। 

National life

काठमाडौंमा बुधबार भएको एक कार्यक्रममा मन्त्री आलेले दिल्लीमा हरेक दिन दुई वटा उडान गर्न लागिएको बताएका हुन्। उनले बैंककमा हप्तामा दुई वटा र साउदी अरेबियाको रियादमा हप्तामा तीन वटा उडान भर्ने गरी प्रक्रिया अगाडि बढेको जानकारी दिए। मन्त्री आलेले चैत ७ गतेदेखि मुम्बईमा हप्ताको तीन वटा र चैत ११ गतेदेखि बेङ्लोरमा पनि हप्तामा तीन वटा उडान भरिएको बताए। 

मन्त्री आलेले आफूले मन्त्रालय सम्हालेदेखि ग्राउन्डेड भएर बसेका जहाजहरुलाई अधिकतम समय आकाशमा उडाउने काम भएको जिकिरसमेत गरे। उनले भने, 'म मन्त्री हुनुभन्दा पहिले घाम तापेर बसेका जहाजलाई अहिले आकाशमा उडाउने काम गरको छु, नागरिकलाई सेवा दिनु मेरो कर्तव्य हो।"

पहिले चारदेखि पाँच घण्टा उडान भर्ने नेपाल वायुसेवा निगमका जहाजले अहिले १० देखि १३ घण्टासम्म उडान भर्ने गरेको मन्त्री आलेले जानकारी दिए।

प्रकाशित: Mar 30, 2022| 22:20 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।