रुपन्देही- रुपन्देहीको ओमसतीया गाउँपालिका–२ करबलाका भूमिहीनलाई जग्गाधनी लालपुुर्जा वितरण गरिएको छ।
लामो समयदेखि भूमि नपाएका उक्त गाउँका २४ जनालाई बुधबार एक कार्यक्रमबीच नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले लालपुर्जा वितरण गरे।
नेता खाँणले यसपटक छुटेका अन्य भूमिहीनलाई छिट्टै लालपुर्जा वितरणका लागि पहल गरिने बताए। भूमिहिनको विवरण सङ्कलन र जग्गा नापजाँच भइरहेको भन्दै छिट्टै सबै भूमिहीनलाई भूमिको व्यवस्थापन गरिने उनले बताए। जिल्लामा राष्ट्रिय भूमि आयोग रुपन्देहीले जग्गा नापजाँच गरिरहेको छ।