आइतबार, साउन ३१, २०८३

स्थानीय निर्वाचनमा उम्मेदवार हुन १९ बुँदे स्वघोषणा गर्नुपर्ने

निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनका लागि योग्यता तोकेको छ।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

काठमाडौं– निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनका लागि योग्यता तोकेको छ। आगामी वैशाख ३० गते शुक्रबार हुन लागेको निर्वाचनमा भाग लिन उम्मेदवारले १९ बुँदे स्वघोषणा गर्नुपर्ने भएको हो।

आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनपत्रका साथ पेस गर्नुपर्ने स्वघोषणाका बुँदाहरु सार्वजनिक गरेको छ। 

यसअनुसार स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेका व्यक्ति उम्मेदवार हुनबाट वञ्चित हुने भएका छन्। 

नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको, २१ वर्ष पूरा भएको नेपाली नागरिक भएको, सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको लगायत विषयमा यसमा समेटिएका छन्।




प्रकाशित: Mar 30, 2022| 16:50 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...